रहेनन् म्याराडोना

विदेश । विश्वविख्यात फुटबल खेलाडी डियागो म्याराडोनाको ६० वर्षको निधन भएको छ । अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो । यद्दपी उनको निधनको कारण हृदयघात बताईएको छ । संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा पर्ने म्याराडोनाले सन् १९८६ मा विश्वकप जिताउन सफल भएका थिए ।

अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेलेका म्याराडोना भने ९१ खेलमा ३४ गोल गरेका छन् । सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको उनको खेल जीवन सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएपछी लगभग समाप्त भएको थियो । उनले ३७ वर्षको उमेर खेल जीवन त्यागेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्