फिल्म । ‘बाहुबली’ जस्तो सुपरहिट फिल्ममा शिर्ष भूमिका निर्वाह गरेका सुपरस्टार बनेका प्रभासको क्रेज दर्शकहरू माँझ बढ्दो छ । ‘बाहुबली’ सिरिज मार्फत उनले एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका छन् । पछिल्लो फिल्म ‘साहो’ मार्फत क्रेज प्रस्ट्याई सकेका प्रभासको आउने लभ स्टोरी फिल्म ‘राधे श्याम’ को छायांकन पुरा भईसकेको छ ।
फिल्ममा प्रभासको को-स्टार छिन् पूजा हेग्ड़े । प्रभास र पूजाको जोडी पहिलोपटक देखिदैछ । निर्माण पक्षले पूजाको जन्मोत्सवमा शुभकामना दिदै लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा पूजालाई ट्रेनमा यात्रा गरिरहेको देख्न सकिन्छ । लगातार एक्सन फिल्म गरिरहेका प्रभासले यसपटक रोमान्टिक फिल्म गरेका छन् । यसले गर्दा पनि दर्शक प्रतिक्षामा छन् । फिल्मको छायांकन युरोपमा भएको छ ।
राधाकृष्ण कुमारको निर्देशन तयार फिल्मलाई हिन्दी राइट्स वापत टि-सिरिजले उक्त रकम दिएको हो । फिल्ममा खलपात्रमा जगपथी बाबु छन् । (एजेन्सी)










