संगीत । गायक रमण रेग्मीको स्वरमा रहेको गीत ‘मेसो पा छैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकार हरि लम्सालको रचना ,संगित र एरेन्ज रहेको गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् ।
गीतमा रमणसँगै मेलिना राईको स्वर रहेको छ । भिडियोमा पुष्प खड्का र उषा उप्रेती फिचर्ड रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्











