फिल्म । पछिल्लो समय कलाकार पल शाहले सहयोगी हात अगाडी बढाईरहेका छन् । लकडाउन शुरु भएसँगै प्राविधिकहरुलाई सहयोग गर्दै मनकारी भाव देखाएका पलले केही हप्ता अगाडि मात्र कालिकोटका बाढी प्रभावितका लागि राहत सामाग्री वितरण गरेका थिए । यिनै पलले बिहिबार बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा गएको बाढीका कारण प्रभावित घर परिवारलाई राहत वितरण गरेका छन् ।
पिडितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद ५० हजार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षलाई पल र गायक दुर्गेस थापाले हस्तान्तरण गरेका हुन् ।
नायक पल शाह आफ्नो टिमसहित मंगलबार बाग्लुङ प्रस्थान गरेका थिए । उनले, यो कार्यमा सहयोग गर्ने इशा गुरुङ, दिपक सुनवार, प्रवेश पौडेल, दिनेश राउत, अभियान श्रेष्ठ, सागर भुषाल लगायतलाई धन्यवाद दिएका छन् ।
कमेन्ट गर्नुहोस्








