सवारी पास बन्द गर्न गृहको निर्देशन

देश । नेपाल सरकारले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका निमित वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

सरकारले कोरोना संक्रमण सुरु भएपछि र लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउन/जानका लागि प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो ।

कमेन्ट गर्नुहोस्