‘संसद विघटन संविधानमाथिको आक्रमण’

0 Shares

देश । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि छलफल गर्न बसेको प्रमुख ३ दलको बैठकले उक्त कार्यलाई संविधान विपरित रहेको निष्कर्ष निकालेका छन् । संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकाल्दै बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो । प्रतिवाद बारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने निर्णय दलहरुले संयुक्त रुपमा गरेका छन् ।

कमेन्ट गर्नुहोस्