फिल्म । गतवर्ष रिलिज भएको फिल्म ‘सरौतो’ भिलेन अवतारमा प्रस्तुत डेब्यु ब्वाई लियो ट्यांक अर्थात् टंक धमलाको राम्रै चर्चा भयो । उनको बडी र पर्सानिलिटीले उनलाई डेब्यु फिल्ममै दर्शकसँगै फिल्मकर्मी माँझ पनि नोटिस गरायो । लन्डनमा बसोबास गर्ने लियो पेशाले भने चार्टर एकाउन्टेन्ट हुन् । तर उनले सुरुवात भने फिल्मको अध्यन मार्फत नै गरेका थिए , र पछिल्लो समय फिल्म तथा मोडलिङमै आफ्नो भविष्य देखिरहेका छन् ।
सन् २००९ मा बेलायत पुगेका लियोले अभिनय गरेको ब्रिटिस एअरलाइन्सको विज्ञापन सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक एडमा देखिएका लियो ब्रिटिस एअरलाइन्सको इण्डिया र सौअथ एसियाको मोडल तथा एम्बेसडर पनि हुन् ।
‘कोरोना भाइरसको कहर कम हुदै गएपछि यसलाई प्रमोसन गरिन्छ होला’ लियोले भने । उनले यस अगाडीनै स्विस एअरलाइन्स र कोकाकोलाको विज्ञापनमा समेत काम गरिसकेका छन् । ‘पेशासँगै मेरो प्यासनलाई पनिया अगाडी बढाउदै छु’ लियोले भने । एडनै भएपनि काम गर्ने क्रम केहि नयाँ सिक्न पाएको उनले बताए ।
नेटफ्लिक्स आउँदैछन् लियो
नेटफ्लिक्सको लागि तयार भइरहेको वेव फिल्म ‘कर्मा’ मा उनि लिड रोलमा छन् । साइक्लोजीकल थ्रिलर वेव फिल्मलाई कपिल रिलाजको प्रोडक्सन हाउसले तयार परिरहेको छ । कपिल डाक्टर भोला रिजालका छोरा हुन् । बुल्गेरियान एक्ट्रेस डेल्ली अलेन पनि छिन् । ‘हलिउडमा काम गरिरहेका प्राविधिकसँग काम गर्न पाउँदा धेरै सिकिरहेको छु’ लियो भन्छन् ‘नेटफ्लिक्समा हामीले अंग्रेजी भाषामै फिल्म तयार गरेका छौ तर छिटै नेपाली फिल्मको पनि सम्भावना छ , कुरा गरेका छौ ।’











