फिल्म । पोष्टर डिजाइन मार्फत म्युजिक भिडियो निर्देशनमा सफल यात्रा तय गरेका शान थापाले नयाँ परिचय थप्ने भएका छन् । पछिल्लो समय विश्वमै बढ्दो वेब सिरिजको क्रेजलाई मध्यनजर गर्दै उनले ‘सिमलु’ शिर्षक रहने वेब सिरिज निर्देशन गर्ने भएका छन् । ‘टैवा मुभिज’को व्यानरमा निर्माण हुने’सिमलु’ लभ स्टोरी, थ्रिलर तथा सस्पेन्स जनरामा निर्माण हुने छ । यस सिरिजलाई शान आफैँले लेखेका हुन् ।
संजोग बस्याल कार्यकारी निर्माता रहेको यस वेव सिरिजमा विजय बस्याल एसोशियट निर्माताका रुपमा रहेका छन् । वेव सिरिजको सह-निर्माता मनोज जोशी हुन् ।कलाकारको टुंगो लाग्न बाँकी रहेको सिरिजको छायाँकन लकडाउन सकिए लगत्तै हुनेछ । डिपि खनालको पटकथा रहने यस सिरिजमा राजिव समर एसोशिएट निर्देशकको रुपमा रहेका छन् भने संवाद दीपक आचार्य ‘काकु’ र संजोग बस्यालले तयार गर्नेछन् । यसलाई अर्जुन तिवारीले खिच्नेछन् भने सुप्रिम पराजुलीले सम्पादन गर्नेछन् । सिरिजमा विजयले भिएफएक्स र एनिमेशन गर्नेछन् ।
डिपि खानाल, लेखु सहयात्री तथा निर्देशक थापाले लेख्ने सिरिजका गीतहरुमा हरी लम्साल र सन्तोष सुनारले संगीत दिनेछन् । गीतमा प्रमोद खरेल, सुमन केसी, समिर आचार्य, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दास, आशिष सचिन लगायतले स्वर दिने पक्का भएको छ ।