फिल्म । कोरोना भाइरसले उत्पन्न गरेको अवस्थाले गर्दा आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ एक वर्षपछि धकेलिएको छ । फिल्मको केहि छायांकन समेत बाँकी रहदा यसको रिलिज मिती यहिँ वर्षको क्रिसमसमा तोकिएको थियो । तर , अवस्थालाई मध्यनजर गर्दै फिल्म युनिटले प्रोजेक्टलाई झन्डै एकवर्षपछि सार्दै सन् २०२१ को क्रिसमसमा रिलिज गर्ने घोषणा गरेको छ ।
ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’ मा आमिर शिर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्था देखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिदो संसारलाई देखाइनेछ । यसमा आमिरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् । त्यस्तै, फिल्ममा प्रीतमको म्यूजिक र अमिताभ भट्टाचार्यको शब्द छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










