फरक बैंकको एटीएमबाट पैसा पनि कुनै शुल्क नलाग्ने

देश । पछिल्लो समय कोरोना भाइरसको बढ्न सक्ने जोखिमलाई मुल्यांकन गर्दै नेपाल सरकारले एकै स्थानमा २५ भन्दा बढी भेला नहुन आग्रह गरेको छ । सकेसम्म काम बाहेक घर बाहिर नआउन आग्रह गर्दै स्कुल , कलेज पनि बन्द गरेको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै

शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्न गर्दै जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने जनाएको छ ।कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ । संघको बैठकले बैंकिङ क्षेत्रलाई भाइरस जोखिम न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्