हिमेश बने ‘कमेडी च्याम्पियन’

टिभी । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, दुबैलाई पछि पार्दै हिमेश पहिलफ कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

देश तथा विदेशमा रहेका नेपालीले गरेको भोटका आधारमा नै हिमेश पहिलो कमेडी च्याम्पिनय चुनिएका हुन् । विजेता भएसँगै हिमेशले २५ लाख र एउटा गाडी उपहार पाएका छन् । बुझीए अनुसार सबैले अपेक्षा गएका सुमनको मत सबै भन्दा कम आएको थियो । मतकै आधारमा विजेता चुन्ने प्रतियोगिता ‘कमेडी च्याम्पियन’ सकिएसंगै यहि टिमले ‘कमेडीको चटके’ नामक शो ल्याउने तयारी थालेको बुझिएको छ । टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन् । विशाल भण्डारीको निर्देशनमा तयार भएको यस रियालिटी शोमा विशाल, केकी अधिकारी र रीमा विश्वकर्मा लगायतको लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्