शिक्षा मन्त्रालयले भन्यो ‘एसइइ रोकिँदैन’

देश । पछिल्लो समय कोरोना भाइरसले गर्दा नेपालमा पनि उत्तिकै त्रास फैलिएको छ । कोरोनाकै कारण उपत्यकामा मान्छे कम भैसकेको छन् भने संचालित केहि कम्पनिमा पनि आलोपालो सिस्टम समेत लगाईएको छ । विधार्थीको चाप बढी भएको भन्दै चैत्रको पहिलो साता भित्र स्कुललाई परिक्षा सक्न सम्बन्धित शिक्षा मन्त्रालयले निर्देशन दिईसकेको छ ।

यसैबीच सी परिक्षालाई लिएर भईरहेको भ्रामक हल्लाको विषयमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रेस विज्ञप्ति नै जारी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी र अभिभावकहरूलाई हल्लाका पछि नलाग्न आह्वान गरेका छन् । ‘सरकारले सम्भावित परिस्थितिलाई गम्भीर ढंगले विश्लेषण गरेको र नेपालमा आजसम्म उल्लेख्य घटना नभएको कारण मन्त्रालयले चालू शैक्षिक सत्रको परीक्षा लिन निर्देशन दिएअनुसार कक्षा १–९ को परीक्षा र एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुनेछ’ मन्त्री पोखरेलले भने ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को विषयलाई उपप्रधानमन्त्री संयोकत्वमा विशेष समिति र मुख्य सचिवको संयोजकत्वमा कार्यटोली गठन गरेको छ । कोरोना भाइरसबारे समाजलाई सचेत तुल्याउन जरुरी रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘५६ लाख विद्यार्थीलाई सचेत तुल्याएर उनीहरुको शैक्षिक भविष्य गुज्रिन नदिन सबै पक्षले सकारात्मक भूमिका हुन जरुरी छ।’

कमेन्ट गर्नुहोस्