निको भए एचआईभीका बिरामी ?

विदेश । एचआइभी र एड्सलाई प्राणघातक रोगको रुपमा लिइन्छ किनकी यसको उपचार अझै सम्भव भैसकेको छैन । यसको उपचार सम्भव बनाउन वैज्ञानिक हरप्रयास गरिरहेका छन् । यस्तै एक अध्यनले एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएको जनाएको छ । उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको र पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मंगलबार यस अद्भूत कामबारे घोषणा गरिने समेत जनाइएको छ ।

एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई ‘लन्डन बिरामी’ को उपनाम समेत दिइएको छ । विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार प्रकासित छ । दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो ।

रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो भने एचआईभी सङ्क्रमण नहोस् भन्न दाताबाट प्राप्त मूल कोशिका (स्टेम सेल्स) लाई पनि जेनेटिक उपचार गरिएको थियो । एचआईभीबाट पीडित लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रुपमा निको हुन सकेका छैनन् । एचआईभीकै स्वरुपमा एउटा नयाँ औषधि–प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरुको भनाई छ ।

(एजेन्सी)

Facebook Comments