फिल्म । नेपाली फिल्ममै आफ्नो जीवन समर्पित गरेका स्वर्गीय केशव भट्टराईको परिवार सहयोगार्थ समिति गठन भएको छ । पुर्व चलचित्र विकास बोर्ड् अध्यक्ष राजकुमार राईको नेतृत्वमा ‘स्वर्गीय केशव भट्टराई सहयोग समिति’ गठन भएको हो । समिति सदस्यहरुमा नीकिता पौडेल , बसुन्धरा भुषाल , आकाश अधिकारी , प्रदीप कुमार उदय , रविन्द्र खड्का , विनोद भट्टराई , प्रकास सुवेदी , दीपाश्री निरौला , आरबी कटवाल र शिशिर भण्डारी रहेका छन् । सोमबार बसिएको बैठकले समिति गठन गर्दै परिवारको लागि आर्थिक संकलन गर्ने बताईएको छ ।
‘फिल्मकर्मीका लागि कल्याणकारी कोषमा १० करोड मांग गर्ने र स्वर्गीय भट्टराईजीको परिवारको समस्यालाई टार्ने हामो प्राथमिकता हो’ सदस्य उदयले बताए । उनले फिल्मै जीवन समर्पित गर्नेको परिवारलाई हेर्ने दायित्व फिल्मकर्मीकै रहेको भन्दै सहयोगी हात अगाडी बढाउन आग्रह गरे । ‘हामी फिल्मकर्मी एउटा परिवार हौ त्यसैले एक अर्काको दुखमा हातेमालो गरौँ’ उदयले भने । उनले नेपाल सरकारसंग कल्याणकारी कोषमा रकम जम्मा गर्न पहल गरिने बताए । हार्ट अट्याक भएर दिवंगत भएका भट्टराईको परिवार यतिबेला अपार्टमेन्टको ऋणमा रहेको छ । झन्डै ५० लाख ऋण रहेको स्वर्गीय भट्टराईको परिवारमा श्रीमती र एक छोरा रहेका छन् ।










