अनमोलको हिरोइनमा जसिता पक्का

फिल्म । अन्तत युवा स्टार अनमोल केसीको जोडीको रुपमा जसिता गुरुङ देखिने भएकी छिन् । अनमोलको होम प्रोडक्शनमा निर्माण हुने भनिएको फिल्म एन्टि हिरोको लागि नायिका जसिता फाईनल भएकी छिन् । फिल्मका निर्माता भुवन केसीले जसितासाग हस्ताक्षर गर्दै अनमोल केसी र जसिताको मूख्य भुमिका फिल्ममा रहने पक्का भएको जानकारी गराएका छन् ।

यहिँ माघमा अनमोलले झरना थापाको निर्देशन रहने फिल्म ए मेरो हजुर ४ को सेट ज्वाइन गर्नेछन् । त्यो सकिए लगतै उनि होम प्रोडक्सनको काममा व्यस्त हुनेछन् । फिल्ममा अनमोल र जसितासँग भुवन केसी स्वयंम मूख्य भुमिकामा देखिने छन् । फिल्मका निर्देशक बलिउडबाट आउने पनि भुवन केसीले जानकारी दिए ।

फिल्मको डिजिटल र विदेश अधिकारका लागि फिल्म बुढासुब्बा डिजिटल र सुर्य कर्पोरेशन लिमिटेडका बासुदेव लामिछानेले एक करोड भन्दा माथीमा खरिद गरिसकेको छ । पछिल्लो समयकी आश लाग्दी अभिनेत्रीको रुपमा हेरिएको जसिताले रेनशा वान्तवा राईको फिल्म ‘आइ एम ट्वान्टी वान’ पनि गर्दैछिन् ।

कमेन्ट गर्नुहोस्