रणवीरको ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक (भिडियो)

फिल्म । माघ १८ मा रिलिज हुने रणवीरको पहिलो गीत सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै फिल्ममा समावेश ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने यसमा शब्द र संगीत स्वयम् राजनले नै दिएका छन् ।

केहि दिन अगाडी नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाँकन गरिएको गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । गीतमा फिल्मका तिन मुख्य कलाकार सुशील सिटौला र डेब्यु गर्ल शुभेच्छा खड्का र सुपुसा भट्ट नेपाली पहिरनमा देखिएका छन् । निर्माण पक्षको अनुसार यस गीतको छायाँकन झन्डै ४ दिन गरिएको हो भने एक सय पचास भन्दा बढी कोरस प्रयोग गरिएको गीतमा २५ लाख लागत रहेको छ ।

लभ स्टोरीमा निर्मित फिल्ममा सुशील , सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार , रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि कन्टेनलाई फोकस गर्दै तयार गरिएको फिल्म ‘गाँजाबाजा’ निर्माताद्वय गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले फिल्मलाई निर्माण गरेका हुन् । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्