वान पिसमा वर्षा

फिल्म । हिजो आज वर्षा सिवाकोटीको पहिरनको कारण सामाजिक सञ्जालसंगै इभेन्टमा पनि नोटिस हुने गरेकी छिन् । गसिपमा कसरी रमाउने भन्ने वर्षाले वुझ्न थालेको धेरै भएको छैन । त्यसैले हुन् सक्छ पछिल्लो समय उनि विन्दास छिन् । यिनै वर्षाले वुधबार आयोजित फिल्म ‘लक्का जवान’को पत्रकार सम्मेलनमा आफु तर्फ मिडियाको ध्यान तान्न सफल भइन ।

काठमाण्डौको चिसो मौसमले वर्षालाई छेकेन । उनी वास पिसमा हट बनेर कार्यक्रममा पुगिन् । इभेन्टमा फिल्मसंग सम्बन्धित नायिका उनि मात्र भएकोले ध्यान तानिने त भयो नै । साथै , उनि मिडिया फ्रेन्ड्ली पनि देखीइन । हालै, ‘चालबाज’को छायांकन सकेकी वर्षाले अब ‘सुदुर’ नामक फिल्ममा काम गर्दैछिन् । वर्षाको ‘लक्का जवान’ आउँदो चैत्र २१ मा रिलिज हुनेछ ।

तस्वीरहरु : आर्यन विमली
कमेन्ट गर्नुहोस्