नजिकियो प्रियंकाको विवाह ?

113 Shares

फिल्म । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाहको चर्चा लामो समय देखि छ । किनकी दुईले विवाहको लागी टिका टाला गरेको पनि दुई वर्ष नाघिसक्यो । गत असारमै विवाह गर्ने तयारी भइरहदा त्यसले पूर्णता पाएन । ढिलाईको कारण बाहिर नआउँदा प्रियंकालाइ बेलाबखतमा यस्तो प्रश्न तेर्सिने गरेको छ ।

किनकी पछिल्लो समय फिल्ममा कम उपस्थिति जनाएकी प्रियंकालाई आखिर विवाह गर्न के ले रोकिरहेको छ त ? यस्तै प्रश्नको बीच उनले आफ्नो सामाजिक सञ्जालमा ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी जनाएकी छिन् । नजिकका साथीहरुसँग उनि त्यहाँ पुगेकी हुन् । उनि बुधवार थाइल्यान्ड तर्फ लागेकी छिन् । प्रियंका ब्याचलर पार्टीमा गएसँगै यी दुइको विवाहको मिति नजिकिएको अनुमान लगाउन सकिन्छ । केहि समय अगाडी आउँदो फागुनमा उनको विवाह हुने चर्चा नचलेको पनि हैन ।

कमेन्ट गर्नुहोस्