स्वस्तिमा र प्रियंका अगाडी पछाडी !

फिल्म । शनिवार राजधानीमा कामना फिल्म अवार्डको पाँचौ शृंखला आयोजना भएको थियो । बढेको चिसो र परिरहेको सिमसिमे पानीको पर्वाह नगर्दै थुप्रै सेलिब्रेटी पुगेका थिए । त्यसमध्ये हामी कुरा गर्दैछौ स्वस्तिमा खड्का र प्रियंका कार्कीको । यी दुइनै अवार्ड समारोहमा थिए । तर , अवार्ड लिने बेलामा थिएनन् । स्वस्तिमा अवार्डमा आकर्षक बनेर पुगिन् । उनि केही समय अवार्ड समारोहमा रहिन् । तर, स्वस्तिमा केही समयमा नै अवार्डबाट बाहिरिइन् । स्वस्तिमाले ‘बाइबाइ’ गर्दै अवार्ड समारोहबाट बाहिरिएकी थिइन् । त्यसको केही समयपछि उनले ‘पपुलर अवार्ड’ प्राप्त गरिन् ।

स्वस्तिमाझैँ भयो प्रियंकालाई पनि । उनि पनि अवार्डमा उपस्थित थिइन् । तर , अवार्ड लिने बेलासम्म आइपुगेकी थिइनन् । त्यसैले गर्दा उनले पनि नाई नभन्नु ल ५ बाट प्राप्त गरेकी सह-अभिनेत्रीको अवार्ड स्टेजमै गएर लिन पाइनन् । यद्दपी उनलाई आयोजकले समारोह सकिएपछि अवार्ड हस्तान्तरण गरेको थियो । स्वस्तिमा एडको छायांकन भन्दै बाहिरीएकी थिइन् । यद्दपी प्रियंका भने किन ढिलो आइन् ? यो भने उनैले जानुन् । एडको छायांकनकै क्रममाअ अवार्ड आइपुगेकी स्वस्तिमा र अवार्ड सकिने समयमा आइपुगेकी प्रियंकाको उपस्थिति समारोहमा गसिप समेत बनेको थियो ।

कमेन्ट गर्नुहोस्