सकियो किम्फ

फिल्म । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव(किम्फ)को १७ औं संस्करण सम्पन्न भएको छ । २९ देशका ६६ फिल्म प्रदर्शन भएको पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना भएको थियो । नेपाली पानारोमाअन्तर्गत यसपटक १४ वटा फिल्म समावेश रहेको यस महोत्सवमा बेलायती फिल्म ‘पियानो टु जान्सकर’ ले १७ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) अर्वाड जितेको छ ।

६५ वर्षीय पियानो बाधकको जीवनमा केन्द्रित यो फिल्मले संगीत मात्रै नभएर मानव सम्बन्धलाई पनि जोडेको बताउँदै किम्फले अन्तर्राष्ट्रिय विधातर्फ सर्वाधिक २ लाख राशीको पुरस्कार दिएको हो । दोस्रो पुरस्कार अष्ट्रेलियाका निर्देशक कलानी गाकोनले निर्देशन गरेको फिल्म ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ ले पाएको छ । नेपालमा आफ्नो जीवन बिताइरहेका ९ भिन्न देशका विदेशीको कथा समेटिएको यो फिल्म नाम जस्तै सुन्दर रहेको बताइएको थियो ।

तेस्रो पुरस्कार स्पेनका निर्देशक मार्गा डिएजकाे फिल्म रोप्स (क्युरड्स) ले पाएको छ । यी फिल्मले क्रमशः १ लाख ५० हजार र १ लाख पाएका छन् ।त्यसैगरी, नेपाल प्यानारोमातर्फ निर्देशक केदार श्रेष्ठको फिल्म ‘जुनुको जुत्ता’ उत्कृष्ट फिक्सन फिल्म घोषित भयो । त्यसैगरी, उत्कृष्ट डकुमेन्ट्री ‘पोट्रेट अफ माने’ ले प्राप्त गर्यो । उनीहरुले क्रमशः १ लाख र ७५ हजार पुरस्कार पाए।

फिल्म ‘ड्रिमल्याण्ड’ ले उत्कृष्ट पर्वतीय फिल्मको अर्वाड पाएर १ लाख हात पार्यो भने, सर्वाधिक दर्शकले मन पराएकाले नेपाली फिल्म ‘आमा खान्डाे’ ‘अडियन्स अवार्ड’ मा पर्न सफल हुँदै ७५ हजार हात पार्याे । स्विट्जरल्यान्डका अलियन ग्यास्पोनरले निर्देशन गरेकाे १११ मिनेट लामो ‘हेइडी’ फिल्म प्रदर्शन गरेर महाेत्सव समापन भयाे । ‘भाेइसेस फ्रम द मार्जिन’ नारासहित आयोजना भएको महोत्सवको उद्घाटन ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्मबाट भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्