देश । नेपाली फिल्मका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्विटर मार्फत् दुवै कलाकारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने उल्लेख गरेका छन् । ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जली ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उनले ट्विटरमा लेखेका छन् ।
अभिनयमा पारंगत मानिने कलाकार दीपक क्षेत्री शनिबार आफ्नै निवासमा सुतेरै ठाउँमा मृत अवस्थामा भेटिएका थिए । भने, चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता केशव भट्टराईको आइतबार राती करिब १०ः२५ बजे हृदयघातका कारण निधन भएको हो । नेपाली फिल्मका दुई प्रतिभाशाली कलाकारको निधन हुँदा नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको छ ।
बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि ! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । pic.twitter.com/hmuB6Cwdrc
— KP Sharma Oli (@PM_Nepal) December 16, 2019











