संगीत । ‘नाइँ मलाई थाहा छैन’ गीत मार्फत नेपाली गीतसंगीतमा स्थापित नाम बनेका गायक संजिव पराजुली नयाँ गीत ‘नाइँ नाइँ हुन्न हुन्न’ मार्फत दर्शकसामु आएका छन् । गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले दर्शकबाट अघिल्लो गीत झैँ माया पाउने विश्वास व्यक्त गरेका छन् । सार्वजनिक गीतमा गायक पराजुलीसँगै गायिका सुजता उपाध्यायको आवाज रहेको छ । गीतमा मानस राजको शब्द र संगीत रहेको छ भने यसलाई उदयराज पौडेलको एरेन्ज गरेका हुन् । सार्वजनिक गीत एल्बम ‘उडान–२’ मा संग्रहित छ ।
गायक पराजुलीको ‘नाइँ मलाई थाहा छैन’ सँगै ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’, ‘हिट हिट गीत’, ‘सोचमा’ लगायतका गीत मार्फत पछिल्लो समय चर्चामा छन् । उनको गीत ‘कर्के नजर’ ले दर्शकको माया पाउनुका साथै विभिन्न अवार्डमा अब्बल सावित हुँदै विनर समेत बनेको छ ।
कार्टुन क्रिउ प्रस्तुत भिडियो फरक कन्सेप्टमा तयार गरिएको छ । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, सन्जिब पराजुली, सुविन चौहान, राम घले, साजन चौहान, लाक्पा डी लामा, विजय अधिकारी(बनी), पेम्बा मगर, निम्बाबु तामाङ फिचर्ड छन् । डान्स ग्रुपका सदस्य सरोज अधिकारीको निर्देशनमा तयार गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।










