फिल्म । बलिउडका मिस्टर पर्फेक्निस्ट आमिर खान नयाँ फिल्म ‘लाल सिंह चड्डा’ मा व्यस्त छन् । उनले फिल्ममा पन्जाबी सरदारको भूमिका निर्वाह गरेका छन् । फिल्मको क्यारेक्टरकै लागि आमिरले पगडी बाध्न सिकी रहेका छन् । आफ्नो क्यारेक्टरलाई जिवन्त बनाउने आमिरले पन्जाबी स्टाइलमा पगडी बाध्न सिकिरहेका हुन् । फिल्मको एक तस्वीर सार्वजानिक भएको छ जसमा उनि सरदार लुक्समा छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत दर्शक र समिक्षकको नकारात्मक टिप्पणी पाएका आमिर केहि समय अध्यनमा व्यस्त थिए । उनले हलिउड फिल्म ‘फरेस्ट गम्प’ रिमेक गर्ने सोच बनाएका छन् ।
एकेडेमी अवार्ड सहित दर्शकको मनमा समेत बस्न सफल फिल्मको लिड रोलमा छन् । फिल्मलाई भारतको विभिन्न सय स्थानमा खिचिनेछ भने यसलाई उनको बाल्यकाल देखि वृद्धसम्मको अवतारमा देखाईनेछ । फिल्ममा आमिरको जोडी बन्नेछिन् , करीना कपूर खान । आमिर र करीनाले यसअघि थ्री इडियट र तलाशमा सँगै काम गरिसकेका छन् । यसपटक तेस्रो सहकार्य हो , जसलाई दर्शकए आउँदो वर्षको क्रिसमसमा हेर्न पाउनेछन् । अर्थात सन् २०१९ मा आमिरको फिल्म आउनेछैन् । फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्नेछन् । (एजेन्सी)








