हलमा भुवनको ‘मिस्टर नेपाली’

19 Shares

फिल्म । शुक्रबारे रिलिज अन्तर्गत हलमा भुवन केसी अभिनित फिल्म ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ । नेपाली बाबुमा अभिनय गरेर उपनाम समेत पाएका भुवन केहि समयको अन्तरालमा हलमा देखिदैछन् । देव भुषाल लिखित तथा निर्देशित फिल्ममा भुवनसंगै सरोज खनाल, कमलमणी नेपाल तथा रीमा विश्वकर्माको अभिनय रहेको छ।

प्रेमराज दाहाल निर्मित फिल्म मार्फत साहिल र कुसुमले यही फिल्मबाट डेब्यू गर्दैछन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको ‘मिस्टर नेपाली’ विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । यो फिल्ममा अभिनेता भुवन केसीले पहिलो पटक दोहोरो भूमिका निभाएका छन् । नेपालीतर्फ ‘मिस्टर नेपाली’ संगै सम्हाली राख है रिलिज भएपनि नेपाली वक्सअफिसमा बलिउड तर्फ ‘मरजावाँ’ तथा हलिउड फिल्म ‘चार्लिज एन्जल्स’ रिलिज भएको छ ।

कमेन्ट गर्नुहोस्