उपेन्द्रको फिल्ममा दया

फिल्म । अभिनेता दयाहाङ राई एक कुशल कलाकार हुन् । उनले आफुलाई हिरो देखाउने भन्दा पनि आफ्नो कलाकारिता देखाउने तथ्यमा विश्वास गर्छन् । उनको अभिनयको चर्चा बेला बखतमा हुने गर्छ । गोप्ले , काजी लगायत उनका स्थापित उपनाम हुन् । यिनै दयाले कबड्डी सिरिजमा काम गर्दै आएका लेखक तथा कवि उपेन्द्र सुब्बाको निर्देशनमा बन्ने फिल्ममा काम गर्ने भएका छन् । आउँदो कार्तिक १५ गतेबाट छायाँकनमा जाने फिल्ममा दया मुख्य भूमिकामा छन् । फिल्म सोसल ड्रामा हो भने यसको छायाँकन ताप्लेजुङ एरियामा हुनेछ ।

झन्डै ३५ दिने सेड्युल लिएर टिम लोकेसन तर्फ जानेछ । दयाले यसै फिल्मको सेड्युलले गर्दा ‘लप्पन छप्पन २’ लाई समय दिन नसकेको बुझिएको छ । दयाले दिएको समयमा फिल्मको छायाँकन हुन् सकेपछी अब ‘लप्पन छप्पन २’ मा दया रहने या नरहने टुङ्गो छैन । फिल्मको टोली गत भाद्रको पहिलो साता युरोपमा छायाँकनको लागी पुगेता पनि छायाँकन हुन् सकेन । यद्दपी नेपालमा खिचिएको सिनमा दया छन् ।

कमेन्ट गर्नुहोस्