फिल्म । अमेरिकन गायिका तथा अभिनेत्री जेनिफर लोपेज प्राय प्रेम सम्बन्धको कारण चर्चामा आउने गर्छिन् । उनको प्रेम , विवाह र त्यसपछि सेप्रेट लाइफले निकै चर्चा पाउने गर्छ । यसका साथै उनको ग्लामर छवि पनि छदैछ । यिनै जेनिफर पछिल्लो समय एक भनाइको कारण चर्चामा छिन् । उनले सुरुवाती दिनमा ल्याटिन मुलको भएको कारण नै समस्या खेप्नु परेको बताएकी छिन् ।
‘ल्याटिन केटि भन्दा मलाइ नोकरानीको भूमिका दिइन्थ्यो’ उनले भनेकी छिन् । त्यसकारण पनि उनले आफुलाई स्थापित गर्न निकै संघर्ष गर्नु पर्यो । ‘मैले आफुलाई प्रमाणित गरे , सफल बनाए तर मानसिकता अझै परिवर्तन भएको छ जस्तो लाग्दैन’ उनले एक अन्तर्वार्तामा भनिन् । उनले नयाँलाई पनि समान व्यबहार गर्न आग्रह गरिन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










