नेपाल आउँदै सन्नी

फिल्म । बलिउड एक्ट्रेस तथा आइटम गर्ल सन्नी लियोनीले आफु नेपाल आउने बताएकी छिन् । उनले भिडियो संदेश मार्फत नेपाल आउने जानकारी गराइएकी हुन् । यसपटक उनि आफु अभिनित पहिलो नेपाली फिल्म ‘पासवर्ड’ को प्रचारप्रसारमा सहभागी हुन् नेपाल आउँन लागेकी हुन् । उनले नृत्य गरेको आइटम गीत र फिल्मको पोस्टर सार्वजनिक भइसक्दा पनि दर्शकदिर्घामा फिल्मलाई लिएर विभिन्न टिकाटिप्पणी र कौतुहलता बढिरहेको छ ।

बढ्दो कौतुहलतालाई सम्बोधन गर्दै उनले प्रिमियरसँगै प्रमोसनल इभेन्टमा सहभागी हुने जानकारी भिडियो मार्फत गराएकी हुन् । उनले सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रिमियरमा आफु सहभागी हुने जनाएकी हुन् । भिडियोको अन्तिममा उनले फिल्मको सफलताको लागी निर्माण ब्यानर एबी इन्टरनेशनललाई शुभकामना ब्यक्त गर्दै धेरै धेरै माया बोलेकी छिन् ।

यो फिल्म सार्वजनिक रुपमा भने सेप्टेम्बर १३ तारिख अर्थात भदौ २७ मा प्रदर्शनमा आउनेछ । रिलिजको तीन दिन पहिले हुने प्रिमियरमा सहभागीसँगै तीन दिनसम्म सन्नि नेपाल बस्ने कार्यक्रम रहेको छ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउनेछिन् । सम्राट बस्नेतको निर्देशनमा बनेको एक्सन थ्रिलर जनराको फिल्ममा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् । सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मको सम्पुर्ण जस्तो छायाँकन लण्डनमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्