अशोक भन्छन् ‘राम्रो र नराम्रो स्पष्ट भनिदिनुस्’

फिल्म । अशोक शर्मा पुराना फिल्मकर्मी हुन् । निर्माता , निर्देशक र कालाकारसंगै वितरकको पहिचान समेत स्थापित गरेका अशोक गत वर्ष ‘जय भोले’ मार्फत फिल्म निर्माण तथा निर्देशनमा फर्किए । उनि यतिबेला फिल्म ‘रातो टिका निधारमा’ को प्रदर्शनको तयारीमा जुटिरहेका छन् । फिल्मको पहिलो गीत सार्वजनिक कर्यक्रममा उनले सुरुवाती दिनको साथ् र सहयोगलाई सम्झीए । ‘मैले सुरुवाती दिनमा धेरैको सहयोगले फिल्म ट्रक ड्राइभरलाई निर्माण गरेको थिए त्यसैले पनि म उहाहरुलाई आफ्नो फिल्मबाट छुटाउदिन र मेरो फिल्ममा पुराना अनुहार धेरै देखिन्छ’ अशोकले भने ।

उनले आफु यसै क्षेत्रबाट परिचित भएकोले आफ्नो सन्ततिलाई पनि यसमै ल्याएको बताए । उनले आफ्नो छोरा अंकित शर्मापछि छोरी कृति शर्मा पनि फिल्ममा आउनु सक्ने संकेत गरे । ‘मैले छोरा र छोरीलाई फिल्मनगरीले दिएको देखाएको छु अब उनीहरुले यसलाई अझै सक्दो राम्रो बनाएर अगाडी बढ्नु पर्छ’ अशोक भन्छन् ‘छोरा अभिनयमा आइसक्यो अब छोरी पनि आउँन सक्छिन् तर यतिबेला उनि सिकाइको क्रममा छिन् ।’ कृतिले अमेरिकाबाट फिल्म सम्बन्धि अध्यन लिएकी छिन् भने अंकितले मलेसियाबाट लिएका हुन् । अशोकले आफु र आफ्नो सम्पूर्ण परिवार फिल्ममै रहेकाले पनि सहयोगको अपेक्षा राखे ।

‘फिल्म राम्रो छ भने राम्रो भन्दिनुस नत्र कमीकमजोरी औल्याईदिनुस्’ अशोकले भने । उनले आफ्नो छोरा अंकित पनि सिकाइको क्रममा रहेकाले डेब्यु फिल्ममा गर्ने काम गरेको बताए । फिल्म आउँदो दसैँमा रिलिज हुने बताइए पनि डेट भने फाइनल छैन । ‘हामी फिल्म दसैँमा ल्याउछौ’ अशोकले भने । तर , उनले डेट भने यकिनन भन्न सकेनन ।

फिल्ममा अंकितसंगै साम्राज्ञी राज्यलक्ष्मी शाह ,नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेकाछन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्