टिभी । गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा आदित्य नारायण झा पुनः चर्चामा आएका छन् । भारतीय टेलिभिजनको सबैभन्दा विवादित रियालिट शो ‘बिग बोस-१३’ मा सहभागी हुने भएका छन् । उनि बिग बोसमा घरको सदस्य बन्ने भएपछी चर्चामा आएका हुन् । उनिसँगै अन्य सेलिब्रेटीहरु यसमा प्रतिस्पर्धा गर्दैछन्, जसको नामहरु सार्वजनिक भएका छन् । आदित्यले बिग बोसमा सहभागिता जनाउनका लागि सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।
आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट , रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् । आदित्यको सहभागिताले उक्त शोले युवापुस्तामा अझ राम्रो क्रेज बनाउने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बिग बोस १३ मा सहभागिता जनाउने सेलिब्रेटीमा आदित्यसँगै मुग्धा गोडसे , राजपाल यादव , चंकी पाण्डे , माहिका शर्मा , सिद्धार्थ शुक्ला लगायत छन् ।