जब पानी नपरेर ‘आमा’ को छायाँकन रोकियो

8 Shares

फिल्म । पानी पर्दा अधिकांस फिल्मकर्मीलाई चिन्ता हुन्छ , बढी जसको फ्लोरमा छ । अर्थात् छायाँकनरत फिल्मलाई अत्यधिक चिन्ता हुन्छ , किनकी काम रोकिन्छ । तर पछिल्लो समय पानी नपरेर रोकिएको फिल्म हो ‘आमा’। ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार हुन लागेको ‘आमा’फिल्मको शुभसाइत टोली छायाँकनको लागि प्रस्थान गरेको थियो ।

अत्याधिक पानीको दृश्य चाहिने भएकाले असारबाट छायाँकन सुरु गरिएको थियो तर पानी कम परेपछि काम अगाडी बढ्न सकेन । ‘फिल्मको अधिकांस दृश्यले पानीको डिमाण्ड गर्छ त्यसैले हामीले यो समयमा छायाँकन सुरु गरेका हौ तर सोचे जतिको पानी नपरेर फर्कियौ’ निर्देशक खनाल भन्छन् ‘मेरो फिल्मको दृश्यमा अलिकति पानी देखाउने होइन , त्यसैले नेचुरलकै लागि तयारी गरेका हौ ।’

सिन्धुली पुगेको टोली पानी नपरेर फर्किएको समेत उनले बताए । झन्डै ४ दिन बसेर पानी पर्याप्त नपरेपछी टिमनै काठमाण्डौ फर्किएको हो । यदपि पछिल्लो समय भईरहेको वर्षाका कारण टोली फेरी छायाँकनमा जाने सोचाईमा पनि छ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै यस फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । यसलाई फागूण ९ गतेबाट रिलिज गर्ने तयारी समेत गरिएको छ । ‘हाम्रो कथालाई उचित नाम राखेको हुँ’ निर्देशक खनाल भन्छन् ‘त्यो आमाको नामको भार यतिबेला पर्छ जस्तो लाग्दैन् ।’

डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । यसमामा सूर्यमाला खनाल शिर्ष भूमिकामा छिन् । उनको साथमा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिच्दैछन् ।

Facebook Comments