छवि र शिल्पाले गरे सहमति , छवि भन्छन् ‘म डिभोर्सको पक्षमा छैन्’

फिल्म । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच सहमति भएको छ । गत आइतवार शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् । बिहीबार प्रहरी परिसरले दुबैलाई बोलाएर अब झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको छ । ‘केही दिन अगाडि शिल्पा पोखरेलले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिनुभएकोे थियो । बिहीबार हामीले दुबै पक्षलाई राखेर सहमति गराएका छौं । अब कहिल्यै झगडा नगर्ने भनेर उहाँहरुले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ’ परिसरका प्रवक्ता होबिन्द्र बोगटीले दुईबीच अब कहिल्यै झगडा नगर्ने सहमति भएको बताएका छन् ।

यसैगरी शिल्पाले संक्षिप्त कुराकानी गर्दै आफुलाई अन्याय परेकोले प्रहरीको शरणमा आएको बताएकी छिन् । ‘अन्याय सहनु हुँदैन त्यसैले म आए’ उनले भनिन् ‘तपाइँलाई पनि अन्याय परेको छ भने आउनुस् , सहेर नबस्नुस ।’ सहमति भएपनि शिल्पा भने खुसि नभएको देखिनथिन् । शिल्पा यतिबेला निर्देशक सम्झना उप्रेती रौनियार र सिनियर फोटोग्राफर विकास रौनियारसंग घरमा छिन् । शिल्पासंगै सम्झनाले निवेदनको सुनुवाई भएको र कानुनी रुपमै प्रोसेस अगाडी बढाउने बताइन । उनको भनाइलाई अब शिल्पाले डिभोर्स माँग गर्छिन् भन्ने अनुमान पनि लगाइएको छ । तर छविले भने डिभोर्सको प्रक्रिया आफूबाट नबढ्ने बताए ।

‘म डिभोर्सको पक्षमा छैन’ उनले भने ‘श्रीमान श्रीमती बीच असमझदारी भयो अब आपसी विवादलाई मिलाउनु पर्छ ।’ छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दाबी शिल्पाको छ । तर, यो कुरा स्वीकार गर्न तयार छैनन् छवि । सामान्य घरायसी विषयमा झगडा भएको उनको भनाई छ । तर, उनी कुटाकुट नभएको दाबी गर्छन् । ‘म शिल्पाजीलाई माया गर्छु र घरमा स्वागत गर्न तयार छु’ छविले भने ।

कमेन्ट गर्नुहोस्