फिल्म । आजबाट सर्वाजनिक प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले पुर्व सन्ध्यामा प्रिमियर आयोजना गरेको थियो । फिल्म युनिटसंगै सेलेब्स र मिडियाकर्मीले फिल्म हेरे । फिल्म हेरेर निस्किएका अधिकांस सेलेब्सले यसलाई आफुसंग रिलेट गरेको बताए । ‘फिल्मले भावुक बनाउछ’ अभिनेत्री वर्षा राउतले भनिन् ।
उनले फिल्म आफ्नो दुइ भाईलाई देखाउने समेत बताइन । ‘उनीहरुलाई हाम्रो अभिभावकको मायालाई बुझाउनु जरुरि छ’ उनले भनिन् । वर्षाकै कुरामा सहमत देखिईन् , मोडल एलिशा राई । ‘हामीलाई दायित्व बोध मात्र गराउदैन फिल्मले’ उनले भनिन् ‘हामीलाई हाम्रो अभिभावकले गरेको दुख र मायालाई पनि बुझाउछ ।’ फिल्म हेर्ने आएकी सन् २०१८ कि मिस नेपाल शृंखला खतिवडा भने मिडियामा आइनन् । निर्देशकको नजरबाट हेमराज विसीले डेब्यु निर्देशक अनमोल गुरुङको तारिफ गरे । ‘डेब्यु मै काम देकिएको छ’ उनले भने ‘ आफ्नो अभिभावकलाई मिस गर्नु भएको छ भने फिल्म हेर्नुस ।’
यसैगरी कलाकार बुद्धि तामाङ्ग , विल्सन विक्रम राई र गायक एड्रिन प्रदानले पनि फिल्मले मन छुने प्रतिक्रिया दिए । पछिल्लो समय युवापुस्ता माँझ निकै चर्चामा रहेका भी -टेनका समिर घिसिङ्गले यसलाई आफु र युथको कथा भने । क्याप्टेन फिल्मबाट डेब्यु गरेकी उपासना सिंह ठकुरीले फिल्म हेर्दा आफ्नो बुवालाई सम्झिन । ‘बुवाको माया झनै बढ्यो , हाम्रो कमजोरीलाई बुझ्ने मौका पाए’उनले भनिन् । फिल्ममा आप्पाको भूमिका दयाहाङ राईले निर्वाह गरेका छन् । उनको छोरा बनेका छन् , सिद्धान्तराज तामाङ ।
‘फिल्मले ब्यापार कस्तो गर्छ त भन्न सक्दिन तर एउटा मन छुने फिल्म बने जस्तो लागेको छ’ दयाले भने ‘यसले बाबु र छोराको कथालाई भनेको छ ।’ डेब्यु निर्देशक अनमोलले पनि फिल्मलाई विशुद्ध मनोरंजनको रुपमा लिन आग्रह गरे । ‘फिल्ममा हामीले एउटा कथा भनेका छौ तर शैली कमर्सियल छ’ उनले भने । दार्जि्लिङ देखी सन्दकपुर सम्मको यात्राको कथा रहेको फिल्ममा दयाले बिर्खे नाम गरेको एक ड्राईभरको भूमिका निर्वाह गरेका छन् ।
फिल्म माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की लगायतको पनि प्रमुख भूमिका छ । रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो चेम्जोङ्ग रहेका छन् । यसमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।
तस्वीरहरु : आर्यन बिमली