‘लाल सिंह चड्डा’ बन्दै आमिर

फिल्म । बलिउडका मिस्टर पर्फेक्निस्ट आमिर खान नयाँ फिल्मको तयारीमा जुटेका छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत दर्शक र समिक्षकको नकारात्मक टिप्पणी पाएका आमिर केहि समय अध्यनमा व्यस्त थिए । केहि समयको विश्रामपछी उनि नयाँ फिल्मको तयारीमा जुटेका हुन् । उनले हलिउड फिल्म ‘फरेस्ट गम्प’ रिमेक गर्ने सोच बनाएका छन् ।

एकेडेमी अवार्ड सहित दर्शकको मनमा समेत बस्न सफल फिल्मको रिमेकको प्रक्रियालाई आमिरले स्टार्ट गरिसकेको खबर भारतीय मिडियामा छ । उनले अब आफुलाई केहि फरक अवतारमा प्रस्तुत गर्ने सोच बनाएर अगाडी बढिरहेका छन् । त्यसो त उनले गजिनी २ को लागि पनि सोच बनाइरहेको खबर बेला बखतमा आउने गरेको छ ।

तर , यतिबेला उनले ‘लाल सिंह चड्डा’ रोजेका छन् । फिल्ममा आमिरको जोडी बन्नेछिन् , करीना कपूर खान । आमिर र करीनाले यसअघि थ्री इडियट र तलाशमा सँगै काम गरिसकेका छन् । यसपटक तेस्रो सहकार्य हो , जसलाई दर्शकए आउँदो वर्षको क्रिसमसमा हेर्न पाउनेछन् । अर्थात सन् २०१९ मा आमिरको फिल्म आउनेछैन् । फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्नेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्