अटोबायोग्राफी ल्याउँदै अनुपम

फिल्म । बलिउड अभिनेता अनुपम खेर विगत ३५ वर्ष देखि फिल्ममा छन् । उनले वितेको साढे तिन दशकमा लगभग ५ सय १५ फिल्ममा काम गरिसकेका छन् । यिनै अनुपमले अब आफ्नो अटोबायोग्राफी निकाल्ने भएका छन् । उनले कपिल शर्मा शो मा यसको खुलासा गरेका हुन् । ‘आउँदो जुलाईमा ४ सय पेजको मेरो किताब आउंदैछ’ उनले भने ।

उनले उक्त किताबले धेरैलाई प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरे । ‘मैले यो सफलता पाउन धेरै नै संघर्ष गरेको छु , त्यसैले यसले कसैलाई प्रेरणा पनि मिल्छ भन्ने लागेको छ’ उनले भने । उनको आउँदो फिल्म ‘वान डे’ को प्रमोसन गर्न आइपुगेका अनुपमले आफुले पहिलो पटक किताबको बारेमा बोलेको समेत बताए ।

लेसन्स लाइफ टउट मी , अनोईङली नामक पुस्तकमा उनले आफ्नो सम्पूर्ण पक्षलाई समेट्नेछन् । पछिल्लो समय अमेरिकन वेब सिरिजमा समेत व्यस्त रहेका अनुपमले आउँदो दिनमा फिल्म निर्देशन गर्ने ईच्छा समेत जाहेर गरेका छन् ।

कमेन्ट गर्नुहोस्