कल्याण सिंह र रोमन बज्रचार्यको संगीत रहेको गीतमा रोमनलाई सिमा राई र सुयोग गुरुङले गायनमा साथ दिएका छन् । गीतकार रोमन र रवि मल्ल हुन् । तीस लाखको लागतमा खिचिएको भनिएको गीतको भिडियोमा आयुष्मान र शिल्पाले नृत्य गरेका छन् । फिल्मको निर्देशन सुयोग गुरुङले गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । गीतमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट पनि फिचर्ड छन् ।
यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । यसमा आलोक शुक्लाले छायांकन छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्म सम्पादन गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्







