फिल्म । कोरियोग्राफर हुदै फिल्म निर्देशक बनेकी रेनाशा वान्तवा राईले विवाह गर्ने भएकी छिन् । आउँदो वैशाख २४ गते उनले प्रेमी प्रज्वल शम्सेर जबरासँग विवाह गर्न लागेकी हुन् । यस वर्ष रिलिज भएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मार्फत सम्भावना देखाएकी रेनाशाले प्रज्वलकै फिल्म ‘ मेरो एउटा साथि छ’ मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी थिइन् । आइकोर फिल्मस मार्फत नै उनले निर्देशनमा पनि डेब्यु गरेकी हुन् ।
निर्देशनमा डेब्यु गरेसँगै रेनाशाले कोरियोग्राफी कम गरेकी छिन् तर छाडेकी छैनन् । ‘मैले कोरियोग्राफीलाई छाड्नै सक्दिन किनकी यो मेरो धरातल हो’ उनि भन्छिन् ‘तर अबको समय निर्देशनमा नै बढी दिन्छु ।’ उनि विवाहको तयारीसँगै आउने प्रोजेक्टमा पनि व्यस्त छिन् । ‘विवाहलाई लिएर निकै उत्साहित छु , नयाँ जीवनको सुरुवात गर्दैछु’ रेनाशाले भनिन् ।
कमेन्ट गर्नुहोस्











