‘छपाक’ सेटबाट भिडियो लिक

फिल्म । केहि समयको ग्यापपछी दीपिका पादुकोण फिल्ममा देखिदैछिन् । पछिल्लो समय संजय लीला भन्सालीको फिल्ममा देखिने चर्चा भएता पनि उनले ‘राजी’ निर्देशक मेघना गुलजारको नयाँ फिल्म ‘छपाक’ मा देखिदैछिन् । केहि दिन अगाडी मात्र सामाजिक सञ्जालमा फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेटसँगै फिल्मको शुटिङ सुरु भएको जानकारी समेत दिएकी थिइन् ।

उनि यतिबेला छायाँकनको क्रममा दिल्लीमा छिन् । एसिड अट्याकमा परेकी लक्ष्मी अग्रवालको बायोपिकमा दीपिकाले उक्त भूमिका निर्वाह गरिरहेकी छिन् । केहि समय अगाडी उनको सेटबाट तस्वीर सार्वजनिक भएको थियो , जुन भाइरल नै भयो । त्यसपछि उनको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा दीपिका बजारमा छिन् । उनि अभिनेता विक्रान्त सिंहसँग बजारमा देखिएकी छिन् । उनको यो भिडियो सार्वजनिक भएपछी यतिबेला फ्यानले पोष्ट र शेयर गरिरहेका । सामाजिक संजालमा यो फैली सकेको छ ।

फिल्म आउँदो वर्ष सन् २०२० को जनवरी १० मा रिलिज हुनेछ । पछिल्लो फिल्म ‘पद्मावत’ पश्चात बलिउड नगरीमा देखा नपरेकी दीपिकालाई मेघना गुल्जारले साइन गराएकी हुन् । डेब्यु फिल्म तलवार र दोस्रो फिल्म राजी मार्फत आफुलाई निर्देशनमा स्थापित गरिसकेकी मेघनाले समसामयिक विषयवस्तुलाई फिल्ममा समेट्दै आएकी छिन् ।

कमेन्ट गर्नुहोस्