भुकम्पले निम्त्याएको समस्या र घटनाक्रममा ‘कालो वर्ष'(भिडियो)

0 Shares

फिल्म । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्‍याएको क्षतिमा आधारित भएर निर्माण भएको फिल्म ‘कालो वर्ष’ को टिजर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्म युनिटले जानकारी गराएको हो । लक्षु गौतमको निर्देशनमा तयार भएको फिल्ममा भुकम्प जाँदाको घटनाक्रमलाई देखाइएको छ । ‘भुकम्पले कतिलाई पलायन बनायो भने केहि घरबार विहिन भए’ लक्षु भन्छिन् ‘यसमा भुकम्पले निम्त्याएको समस्या र अपराधलाई देखाएका छौ ।’

फिल्ममा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । फिल्मलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्म योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानीमा निर्माण भएको हो । फिल्मलाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । सुवास देवकोटाले फिल्मको सम्पादन गरेका हुन् । यसको कथा, पटकथा तथा संवाद ओकेश पनेरी हो ।

Facebook Comments