फिल्म । बलिउडमा अभिनेता इमरान खान आफ्नो अभिनयकै कारण परिचित छन् । थियटर हुदै फिल्ममा आएका इमरानले हलिउड फिल्म जुरासिक पार्कको सिरिजमा समेत काम गरिसकेका छन् । यिनै इमरान पछिल्लो समय क्यान्सरसँग लडेर नयाँ जीवन पाउदै इन्डिया फर्किसकेका छन् । उनले इन्डिया फर्किएपछी केहि समयको विश्राममा अब आफ्नो हिट फिल्मको सिक्वेलमा काम गर्ने भएका छन् ।
सन् २०१७ मा रिलिज भएको फिल्म ‘हिन्दी मेडियम’ लाई समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाएका थिए । शिक्षा प्रणाली माथिको व्यंग रहेको फिल्मको सिक्वेलमा काम गर्न इरफान तयार भईसकेका छन् । साथै यसको सिक्वेलको नाम पनि तय गरिएको छ । फिल्मको नाम ‘इंगलिस मेडियम’ राखिएको छ । यसको नाम हिन्दी मिडियम २ राखिने चर्चा थियो तर अन्तत ‘इंगलिस मिडियम’ नै नाम राखिएको छ ।
कमेन्ट गर्नुहोस्











