फिल्म । यतिबेला निर्देशक रोहित शेट्टी दंग छन् । किनकी उनि निर्देशित पछिल्लो फिल्म ‘सिम्बा’ ले राम्रो ब्यापार गर्यो । यिनै रोहितले नयाँ फिल्म ‘सूर्यवंशी’ निर्देशन गर्दैछन् , जसको घोषणा उनले सिम्बामा नै गरेका थिए । फिल्ममा अक्षय कुमार वीर सूर्यवंशीको भूमिकामा देखिनेछन् । उनको लुक्स र क्यारेक्टरलाइ निर्देशक शेट्टीले फिल्ममा देखाएका छन् ।
फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराउने तयारी गरिरहेका छन् । स्क्रिप्टको काममा रहेका रोहितले त्यसपछी सिंघमको तेस्रो सिरिजको निर्देशन गर्नेछन् । अजयको क्रेजलाई दर्शक माँझ कायम राख्नको लागि रोहितले अक्षयसँग केमियो गराउने सोच बनाएका छन् । आउदो अप्रिलबाट छायाँकनमा जाने फिल्ममा अक्षय एक निडर पुलिसको भूमिकामा देखिदैछन् । पछिल्लो समय रोहित एकपछि अर्को फिल्मको नेक्स्ट सिरिज निर्माणमा व्यस्त छन् । तर , उनले अझै सूर्यवंशीको एक्ट्रेसलाई चयन गर्न सकेका छैनन् ।
पछिल्लो समय बि-टाउनको खबरलाई मध्यनजर गर्ने हो भने फिल्ममा रोहितले कट्रिना कैफलाइ लिदैछन् । कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने विश्वास रोहितको छ । अफर सुनेर कट्रिना पनि दंग नै छिन तर फिल्म आउँदो वर्षको इदमा रिलिज हुदैछ । यसैले गर्दा सलमान खानको विपक्षमा कट्रिना जान्छिन या जादिनन् यो भने आउने समयले नै बताउनेछ । तर , सलमान भन्दा पनि अक्षयसँग कट्रिनाको जोडीलाई रुचाइएको थियो । हमको दिवाना कर गए , सिंह इज किंग , तिस मार खाँ , नमस्ते इंग्ल्याण्ड र वेलकम जस्ता सफल फिल्ममा सँगै काम गरेका छन् ।