दोस्रो पटक आमा बन्दैछिन् ऐश्वर्या ?

फिल्म । विश्व सुन्दरी ऐश्वर्या राय बच्चन एक सन्तान आराध्याकी आमा हुन् । अभिनेता अभिषेक बच्चनसँग विवाह बन्धनमा बाधिएपछी उनि फिल्मी दुनियाबाट केहि टाढा नै छिन । पछिल्लो समय ‘फन्ने खान’ मा देखिएकी ऐश्वर्या दोस्रो पटक आमा बन्दैछिन् भन्ने खबरले मिडियामा स्थान पाएको छ । भारतीय मिडियामा ऐश्वर्या आमा बन्ने खबरलाई प्राथमिकताका साथ् सम्प्रेषण गरिरहेका छन् । तर उनि आमा बन्न लागेको हल्ला भने एक तस्वीरका कारण भएको हो ।

उनि पछिल्लो समय पति अभिषेकसँग छुट्टी मनाउने क्रममा गोवामा छिन् , जहाँबाट उनको एक तस्वीर सार्वजनिक भएको छ । उनको तस्वीरलाई लिएर उनि प्रेग्ननेन्ट रहेको चर्चा चलेको हो । तर ऐश्वर्याका मिडिया प्रवक्ताले यसलाई खिचाईको कारण भनेका छन् । उनले तस्वीर भाइरल भएपछी सोसल मिडियामा आएको कमेन्टलाई प्रस्ट्याउदै यो खिचाईमा भएको त्रुटी वा क्यामेरा एंगलका कारण भएको बताइएको छ । ऐश्वर्या पछिल्लो समय अन्य फिल्मको काममा व्यस्त रहेको समेत उनको प्रवक्ताले प्रस्ट्याएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्