वैशाखमा लगनगाठो कस्दै दिवाकर र दीपिका

फिल्म । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँले आउँदो बैशाखमा लगनगाँठो कस्ने भएका छन् । इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू परम्परा अनुसार पारिवारिक जमघटका बीच आउँदो वैशाखमा विवाह गर्ने तयारी गरिरहेका छन् । आउँदो बैशाख २४ गते दीवाकरले दीपिकाको सिउँदो आफ्नो नामको सिन्दुरले भर्दैछन् ।

‘पारिवारिक सल्लाह हुँदैछ तर डेट लगभग त्यहि हो’ एक भेटमा दिवाकरले भने । यसैगरी दीपिका पनि विवाहलाई लिएर उत्साहित छिन् । ‘विवाहले ढोका बन्द गर्ने होइन , बरु खोल्छ’ उनले आफु उत्साहित रहेको बताइन । दीपिकाले दीवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट डेब्यू गरेकी थिइन् । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए । ‘ऐश्वर्य’ रिलिजपछि यी दुईको सम्बन्धलाई लिएर सिनेवृतमा चर्चा सुरु हुन थालिसकेको थियो । तर, दुबैले यो कुरा लामो समयसम्म लुकाएरै राखे ।

कमेन्ट गर्नुहोस्