‘एउटीलाइ मुटुमा घर’ कभर डान्स कम्पिटिसन घोषणा

फिल्म । आउदो चैत्र १ मा रिलिज हुने फिल्म ‘जानी नजानी’ को सार्वजनिक गीत ‘एउटीलाई मुटुमा घर’ ले दर्शक तथा श्रोताको माया पाईरहेको छ । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन र दुर्गा खरेलको रहेको छ । मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । यसलाई युट्युबसँगै टिकटकमा उत्तिकै रुचाइएको छ । गीतको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण युनिटले ‘कभर डान्स कम्पिटिसन’ को आयोजना गरेको छ ।

राजधानीमा एक पत्रकार भेटघाटका बीच निर्माण पक्षले यसको घोषणा गरेको हो । यसगीतमा आफ्नो डान्स भिडियो बनाएर पठाएमा उत्कृष्ट हुने पहिलोले ३२ इन्चको रोवा टिभी , दोस्रोले रोवाकै साउण्ड सिस्टम , तेस्रो र चौथोले हुने २ जनाले द कार्टुन क्रिउसँगको तिन महिने डान्स ट्रेनिङ र पाचौ हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् । भिडियो कम्तिमा १ मिनेटको हुनु पर्नेछ भने यसलाई फागुन २० गते भित्र पठाईसक्नु पर्नेछ । यस भिडियो कभर कम्पिटिसनको निर्णायकको रुपमा नृत्य निर्देशक नरेश वीर सिंह रहेका छन् ।

प्रतियोगीले भिडियो तयार पारेर जानी नजानीको फेसबुक https://www.facebook.com/JaniNajaniFilm , इन्स्टाग्राम JaniNajani2018 र इमेल आइडी janinajani2018@gmail.com मा पठाउन सक्नुहुनेछ । प्राप्त भिडियो मध्यबाट उत्कृष्ट पाचलाई फागुन २५ गते भित्रमै एक कार्यक्रमको विच पुरस्कार हस्तान्तर गरिनेछ । फिल्ममा मनिष श्रेष्ठ , निरिशा बस्नेत , सन्नी सिंह , नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नु पर्ने जिम्मेवारीलाई पनि देखाइएको छ ।

फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

तस्वीरहरु आर्यन बिमली
कमेन्ट गर्नुहोस्