रणवीरको ‘ढुकुरान्चडी’ सार्वजनिक (भिडियो)

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मा समावेश ‘ढुकुरान्चडी’ बोलको गीत सार्वजनिक भएको छ । यसमा डेब्यु गर्ल सुपुष्पा भट्टलाई फकाउदै गरेको देखिएका छन् , सुशील सिटौला । फिल्मका रणवीरले माया अर्थात् सुपुष्पालाई देख्छन र उनलाई माया गर्न थाल्छन , यहि प्रसंगमा यस गीतलाई चित्रित गरिएको छ । यसगीतमा धनगढीको प्रख्यात देउडा सुन्न सकिन्छ , जसका सर्जक नरेन्द्रराज रेग्मीले हुन् भने यसमा प्रताप दास , चक्र बम र सतिसको स्वर रहेको छ हने यसलाई अमित श्रेष्ठले कम्पोज गरेका हुन् । यसमा अमित र हर्क साउदको लिरिक्स रहेको छ । गीतलाई धनगढीको रमणीय दृश्यमा छायांकन गरुइएको छ ।

फिल्ममा सुशील र सुपुष्पासँगै सुवेक्षा खड्का , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा , हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्