भैरवको तयारीमा निखिल , लेख्दैछन् कथा

फिल्म । अभिनेता निखिल उप्रेती फिल्मको तयारीमा जुटेका छन् । उनले आफ्नै निर्देशनमा तयार भएको फिल्म ‘भैरव’ को सिक्वेल बनाउने तयारी थालेका छन् । यतिबेला कथामा काम गरिरहेका निखिलले समसामयिक विषयवस्तु मार्फत फिल्मी टेस्ट दिन कथामा काम गरिरहेका छन् । मुम्बईबाट फर्किएर कमब्याक गरेका निखिलले ‘आयो भैरव’ राख्ने तयारी गरिरहेको बुझिएको छ ।

निखिल आफैले कथामा काम गरिरहेका फिल्ममा अन्य चर्चित कलाकार पनि रहनेछन् तर त्यसको फाइनल भईसकेको छैन । ‘कथालाई पहिला फाइनल गर्दैछु , त्यसपछी कस्टिङमा जानेछु’ निखिल भन्छन् ‘दर्शकले वाह भन्ने कथा वस्तु र फिल्म लिएर आउने छु ।’ फिल्म पनि निखिलकै निर्देशनमा तयार हुनेछ । फिल्ममा एक्सन दमदार हुने भएकोले यसको केहि प्राविधिक साउथ इण्डियन फिल्मसँग जोडिएको समेत हुनेछन तर निखिलले यस विषयमा आउदा दिनमा जानकारी दिने बताए ।

कमेन्ट गर्नुहोस्