‘कोटमार्सल देखि रणवीरसम्म’ सुशील

फिल्म । अभिनेता सुशील सिटौला पछिल्लो समय ‘रणवीर’ का कारण चर्चामा छन् । झन्डै ४ वर्ष अगाडी फिल्म होस्टेल रिटन्स मार्फत यस क्षेत्रमा आएका सुशीलले त्यसपछी सुन्तलीलाई भगाई लग्यो झिल्केले , गाँजा बाजामा अभिनय गरिसकेका छन् । रणवीर उनको चौथो फिल्म हो , जसले उनको परिचयलाई फराकिलो बनाउदैछ । उनलाई धेरैले होस्टल रिटन्सको कलाकार भनेर चिन्छन् तर उनले आफ्नो परिचय थियटरमै बताईसकेका थिए । धनगढीका सुशीललाई बाल्यकाल देखि नै अभिनय गर्ने रहर थियो ।

‘मलाई अभिनय गर्ने रहर थियो तर कसरि फिल्ममा आउने भन्ने थाहा थिएन’ सुशीलले सुरुवातीका दिनलाई सम्झिदै भने ‘म अभिनय सिक्नकै लागि धनगढीबाट इन्डिया पुगेको थिए ।’ त्यहाँ उनले एक स्कुलमा पढे र नेपाल आए । उनि नेपाल आइसकेपछी अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिकाइकै क्रममा उनले चर्चित नाटक ‘कोर्टमार्सल’ मा अभिनय गर्ने मौका पाए । ‘उक्त नाटकपछी केहि आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ् बढे’ सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिदै भने ‘मैले नयाँ नयाँलाई अवसर दिने मेकरको रुपमा सुनिल रावलको नाम सुने र उँहालाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे ।’ सुशील आफैले सम्पर्क गरेर सुनिल कहाँ पुगेर अडिसन दिए । तर त्यो होस्टल रिटन्सको लागि थिएँन , तर उक्त प्रोजेक्ट नाबनेता पनि उनले अवसर पाए ।

डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफुलाई फरक रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । ‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु’ सुशील भन्छन् ‘रणवीरसम्म आइपुग्दा केहि सिकेको जस्तो आभाष हुन् थालेको छ ।’ यसलाई उनि आफ्नो करियरको महत्वपूर्ण फिल्मको रुपमा लिन्छन । उनले फिल्मकै लागि १५ केजी तौल बढाए । त्यो पनि एक पटक होइन । ‘हाम्रो सेड्युलमा अनुसार नै मैले आफ्नो तौललाई घटबढ गरेको थिए’ उनि भन्छन् ‘फिल्ममा सकेको मेहनत गरेको छु , बाँकी त दर्शककै हातमा छ ।’

उनले यसमा आफुलाई भिन्न रुपमा नै प्रस्तुत गरेकाछन् । फिल्मको ट्रेलरले दर्शक प्रति आश जगाएको छ । फिल्मको एक्सन सिनको क्रममा उनि घाइते समते भए । ‘यस किसिमको एक्सन पहिलो पटक गरेको थिए यसैले गर्दा पनि केहि चोट पटक लागेको थियो’ सुशील भन्छन् ‘एउटा कलाकारले गर्नु पर्ने सम्पूर्ण कर्म गरेको छु , रिजल्ट त दर्शकको हातमा छ ।’ फिल्ममा उनि रणवीरको भूमिकामा छन् । फिल्ममा उनिसँगै सुवेक्षा खड्का , सुपुष्पा भट्ट , प्रशान्त ताम्राकार , रवी गिरी , नरेश पौडेल , टिका पहाडी , भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका छन् । फिल्म माघ १८ बाट अलनेपाल रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्