चितवनमा ‘रणवीर’ टिम

फिल्म । निर्माणको समय देखि नै चर्चामा रहेको फिल्म ‘रणवीर’ ले रिलिज मिति नजिकिदै गर्दा मोफसल टुरलाई अगाडी बढाई रहेको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मले मोफसल टुर अन्तर्गत मंगलवार चितवनका सञ्चारकर्मीसँग भेटघाट गरेको छ । फिल्मका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी , कलाकारहरुमा नरेश पौडेल , सुशील सिटौला , सुबेक्षा खड्का र सुपुस्पा भट्टले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । सुशीललाई नै रणवीर बनाउनुको कारण र सुबेक्षाले डेब्यु फिल्म रणवीरनै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले जिज्ञाषा राखेका थिए ।

‘मैले फिल्मको लागि आफुलाई तयार गर्न सकेको मेहनत गरेको छु’ सुशीलले भने ‘फिल्मकै लागि वजन बढाए साथै फाइट पनि सिके ।’ उनलाई रणवीर बन्न झन्डै ६ महिना समय लागेको बताए । यसैगरी सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसैफिल्मबाट डेब्यु गर्दैछिन् । उनले पनि रोल भन्दा समग्रमा फिल्मको कथा नै राम्रो भएको बताइन । ‘फिल्ममा मेरो रोल भन्दा पनि मैले स्क्रिप्ट नै हेरे’ सुबेक्षाले भनिन् ‘फिल्मको कथा वस्तुले दर्शकलाई मनोरंजनसँगै संदेश पनि दिन्छ’ पत्रकार सम्मेलनमा सुपुस्पाले पनि फिल्म डेब्युलाई प्रस्ट्याइन ।

‘मैले राम्रो टिम पाएपछि मौकाको सदुपयोग गरेकी हु’सुपुस्पाले भनिन् ‘मेरो रोलले फिल्ममा राम्रो छाप छोड्छ ।’साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी , रवी गिरी , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मका रणवीर अर्थात सुशील सिटौलाले आफुले कडा मेहनत गरेको बताए । फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्