राजेशको गीतमा गम्भीर र जेबिकाको जोडी (भिडियो)

संगीत । गायक राजेश पायल राईको नयाँ गीतको भिडियोमा गम्भीर बिष्ट र जेबिका कार्कीको जोडी फिचर्ड भएका छन् । ‘बादलुको छायाँ मुनि’ बोलको गीतलाई कृष्ण आचार्यले रचना गरेका हुने भने यसमा संगीत रमेश कायस्थको रहेको छ । गीतमा गायक राजेश पनि देखिएका छन् । गीतमा माया गर्ने मायालु टाढीदाको पिडालाई देखाइएको छ । गीतलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् । गम्भीरकै कोरियोग्राफी रहेको भिडियोकि एसोसियट निर्देशक जया शर्मा हुन् भने यसलाई सुव्रतराज आचार्यले निर्देशन गरेकाछन् ।

कमेन्ट गर्नुहोस्