दर्शकले रुचाए उरी , ५ दिनमा पचास करोडको व्यपार

फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’ लाई दर्शकले रुचाएका छन् । पाकिस्तानी आतंकवादीले उरीमा भारतीय सैनिकलाई हमला गरेर छाती पुर्याएपछी भारतले सर्जिकल स्ट्राइक गरेको थियो । सन् २०१६ को सेप्टेम्बरमा भारतले एलओसि कारगिलको छेउमा रहेको पाकिस्तानी भूमिमा प्रवेश गर्दै आफ्नो सेनालाई मार्ने आतंकवादी माथि हमला गरेको थियो । गोप्य रुपमा झन्डै १० दिनमा गरिएको मिसनको कथालाइ दर्शकले रुचाएका छन् । फिल्मले भारतमा राम्रो ब्यापार गरिरहेको छ । फिल्मले पहिलो दिन शुक्रबार ८.२० करोड , दोस्रो दिन शनिवार १२.४३ करोड , तेस्रो दिन आइतबार १५.१० करोड र चौथो दिन सोमबार १०.५१ करोडको ब्यापार गर्दै ४ दिनमा ४६.२४ करोडको भ्यपार गर्न सगल भएको छ ।

यसले प्रदर्शनको पाचौ दिनमा ५० करोड माथिको ब्यापार गरेको अनुमान भर्तोय ट्रेण्ड एनालिस्टले गरिरहेका छन् । सन् २०१९ को सुरुवात रिलिज भएको फिल्मले सफल सुरुवात गरेको छ । फिल्ममा विक्की कौशल , मोहित रैना , परेश रावल , यमी गौतम लगायतको अभिनय रहेको छ । फिल्ममा विक्कीले मेजर विहान सिंह शेरगिलको भूमिका निर्वाह गरेका छन् , जसले सर्जिकल स्ट्राइकको नेतृत्व गरेका थिए । फिल्म्लिया भारतमा मात्र नभई नेपालमा पनि उत्तिकै रुचाइएको छ । माउथ पब्लिसिटी राम्रो सुनिएपछी फिल्मलाई हेर्ने दर्शकको चाप हलमा बढ्दो छ ।

कमेन्ट गर्नुहोस्