कर्मा भन्छन् ‘थियटर मेरो लागि स्कुल हो’

फिल्म । कर्मा राम्रो अभिनेतामा पर्छन । उनि हेर्दा चकलेटी छन् भने उनमा अभिनय क्षमता छ किनकी उनि थियटर हुदै फिल्ममा आएका हुन् । फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तात्कालिन समयमा आफ्नो लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्म धेरै नै प्रस्ताव आयो , जसमध्य लुटले उनलाई सफलता दिलायो । फिल्मले उनलाई जति नै सफलता दिए पनि उनले थियटर छाडेनन् । उनले फिल्मको समयलाइ घटाएर हरेक वर्ष कम्तिमा ३ महिना थियटरलाई दिए । किनकी उनि यसलाई स्कुल भन्छन् । ‘अभिनयको स्कुल नै हो थियटर , जब कहिँ कुनै बेला केहि भुले जस्तो लाग्छ आइहाल्छु’ कर्मा भन्छन् ‘मलाइ फिल्मको ब्याक टु ब्याक प्रस्ताव आउदा पनि थियटर छाडिन् , यसैले गर्दा त्यो समयमा फिल्म कम गरे ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुदा आफुले नाटक नै रोज्ने गरेको बताए ।

‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो’ कर्मा भन्छन् ‘यहाँ मैले मलाइ चिन्ने र सिक्ने अवसर पाउछु ।’ त्यसो त उनमा आफु कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ । ‘सयाद म धेरै जनासँग फ्रेन्डली हुन् सक्दिन यसैले गर्दा पनि मिडियामा कम आउछु’ उनले भने ‘मिडियामा आइरहदा काम पाइरहने पनि हुदो रहेछ ।’ तर उनि आफु सन्तुष्ट रहेको बताउछन् । पछिल्लो समय फिल्म ‘गरुड पुराण’ मा देखिन लागेका उनले आफुलाई मन परेको भूमिका गर्न पाएको बताए । ‘यसमा मैले चाहेको भूमिका गरेको छु’ कर्मा भन्छन् ‘वर्कशप पनि उत्तिकै भएको छ भने हामीले आफ्नो क्यारेक्टरलाई राम्रोसँग बुझ्न पनि पाएका छौ ।’

उनि आफुले आफ्नो क्यारेक्टरको लागि चाहिने समय दिन सक्ने बताउछन । ‘हामीले एकै नाटकलाई तिन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ? , तर हतारो मेकरलाइ हुन्छ’ उनको बुझाइमा प्रयाप्त गृहकार्य नभई फिल्म फ्लोरमा जादा काम राम्रो हुन् नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउछन् । तर गरुड पुराणमा टिम नै थियटरको हुदा राम्रो आउटपुट आएको उनले बताए । फिल्मलाई डेब्यु फिल्म ‘अपवाद’ मार्फत सफलताको सुरुवात गरेका निर्देशक सुवास कोइरालाले निर्देशन गरेका छन् । सार्वजनिक गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् भने ट्रेलरलाई पनि रुचाइरहेका छन् । फ्यामिली कमेडी भनिएको फिल्मको ट्रेलरमा बोलिएको संवाद विशेष चर्चामा छ ।

‘हामीले सकेको मेहनत गरेका छौ’ निर्देशक कोइराला भन्छन् ‘यो फिल्म फ्यामिली ड्रामा हो जहाँ कमेडी भरपुर छ ।’ उनि आफै पनि यसपटक सजग छन् । माघ ४ गतेलाई रिलिज डेट तय गरिएको फिल्ममा कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरसिया , नाजिर हुसेन , लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ । यसैफिल्म मार्फत प्रियंका सिंहले डेब्यु गर्दैछिन । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् । फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्